मौसम पूर्वानुमान : यी पाँच प्रदेशमा हिमपातको सम्भावना
काठमाडौं, पौष २०
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देभर पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।
मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले आज दिउँसो देशभर सामान्य बदली हुन पूर्वानुमान गरेको छ ।
महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको हुनसक्ने पूर्वानुमान छ ।
साथै लुम्बिनी प्रदेशका केही भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै, राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भागमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने सम्भावना रहेको छ ।
महाशाखाकाअनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भूभागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न १ को भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति: २० पुस २०७७, सोमबार