सुनको मूल्य तोलामा ११ सय रुपैयाँ बढ्यो
काठमाडौं, फागुन ११
नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढ्दै प्रतितोला ९० हजार एक सय पुगेको छ ।
सुन हिजो प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ६० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: ११ फाल्गुन २०७७, मंगलबार