सुनको मूल्य घट्यो, चाँदीको यथावत
काठमाडौं, जेठ ११
बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ घट्दैै प्रतितोला ९३ हजार पाँच सय कायम भएको छ । सुन हिजो प्रतितोला ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने यथावत छ । चाँदी आज पनि प्रतितोला एक हजार तीन सय ५० रुपैयाँ छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: ११ जेष्ठ २०७८, मंगलबार