काठमाडौंका दुई ठाउँबाट जुवातास खेलिरहेका १२ जना पक्राउ
काठमाडौं, असार ३ । काठमाडौंका दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदीस्थित कृष्ण खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित सातजनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नगद ९५ हजार ३३५ रुपैयाँ र तीन बुक तास पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, टोखा नगरपालिका–३, धनेश्वरमा डेरा गरी बस्ने गोरखाको बारपाक सुलिकोट गाउँपालिका–२ की २० वर्षीया सविता घलेको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीसहित पाँचजनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उनीहरुको साथबाट नगद एक लाख ९० हजार रुपैयाँ र तीन बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ३ असार २०८०, आइतबार