नेपालमा काम गर्ने भारतीय नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने
काठमाडौँ माघ २३
अव नेपालमा काम गर्ने भारतीय नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने भएकाे छ । नेपालका उद्योग प्रतिष्ठानमा काम गर्ने भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिन सरकारले कडाइ गरेको छ ।
श्रम तथा रोजगार कार्यालयहरुलाई श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले पत्राचार गरी प्रतिष्ठानहरुमा काम गर्ने भारतीय नागरिकको संख्या अध्यावधिक गर्न र श्रम स्वीकृति नलिएको भए लिने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
प्रकाशित मिति: २३ माघ २०७५, बुधबार