सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढ्यो, कति पुग्यो आज ?


 



काठमाडौं, कात्तिक २८
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन आज तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला ७२ हजार रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ७१ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला आठ सय ६० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २८ कार्तिक २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्