प्रदेश १ मा चार जना राज्यमन्त्री थपिए


 


विराटनगर, माघ ५

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आइतबार प्रदेश १ को मन्त्रिपरिषद विस्तार गर्नुभएको छ।

मुख्यमन्त्री राईले चार जना राज्यमन्त्री थप गर्नुभएको हो । जसमा ओखलढुंगाका अम्बिर गुरुङ, इलामका रामबहादुर रानामगर, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वास छन्।

गुरुङलाई भौतिक पूर्वाधार राज्यमन्त्री, रानामगरलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री, गजमेरलाई सामाजिक विकास राज्यमन्त्री, विश्वासलाई उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

उनीहरुलाई मुख्यमन्त्री राईले आइतबार नै पद तथा गोपनियताको सपथ गराउनुभएको छ । कार्यक्रममा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, सभामुख प्रदिप भण्डारी प्रदेशका मन्त्री, मुख्य विपक्षी दलका नेता राजीव कोइराला, सांसदहरु लगायतको सहभागिता थियो ।

प्रकाशित मिति: ५ माघ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्