उपसभामुख तुम्बाहाङ्फेले आज राजीनामा दिन सक्ने


 



काठमाडौं, माघ ६
धेरैपटक स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज बस्दैछ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुख उम्मेदवारको टुंगो लगाएसँगै बैठक आज दिउँसो १ बजेका लागि बस्न लागेको हो ।

यसअघि बैठक पुस ११, १६ र २७ गतेका लागि बोलाइएपनि बस्न सकेको थिए । आजको बैठकको पहिलो जिम्मेवारी सभामुख निर्वाचनको कार्यतालिका बनाउने जनाइएको छ । सभामुख चयन प्रक्रिया ३ दिनभित्र सक्नेगरी निर्वाचन कार्यतालिका बनाउने सम्भावना रहेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।

सोहीअनुसार सत्तारुढ नेकपाले हिजो सभामुख पदका लागि स्थायी कमिटी सदस्य अग्नी सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । यससंगै अब उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पनि आज राजीनामा दिने तयारी गरेकी छन् ।

प्रकाशित मिति: ६ माघ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्