औषधि खुवाएर बलात्कार गर्ने प्रवृत्ति बढ्यो, अटोलाई उपत्यका बाहिर जान रोक


 


सुर्खेत – घटना १ : गत पुस ९ गतेको घटना हो । वीरेन्द्रनगरस्थित बांङ्गेसिमल नजिक अटोरिक्सामै किशोरीमाथि बलात्कार भयो । रोकी राखेको अटोरिक्सा प्लाष्टिकले छोपेको अवस्थामा थियो । अटो हल्ली रहेको देखेपछि गस्तीमा गएको प्रहरीको टोली त्यहाँ पुग्यो ।

जहाँ एक अशक्त किशोरीमाथि अटो चालक अम्मरबहादुर विकले बलात्कार गरिरहेका थिए । प्रहरीले विकलाई पक्राउ गरेर मुद्दा दर्ता ग¥यो । अनुसन्धानका क्रममा पीडित किशोरीले पिउने पानीमा वेहोस हुने औषधी खुवाएर आफूलाई अटोमै बलात्कार गरेको बयान प्रहरीलाई दिएकी छन् ।

घटना २ : सुर्खेतको पश्चिममा पर्ने चौकुने गाउँपालिकामा गत साउनमा नविन सलामी र सुरेश पुरीले स्थानीय एक युवतीमाथि सामुहिक बलात्कार गरे । बिरामी अवस्थामा रहेकी ती युवतीलाई ‘ज्वरोको औषधी हो खाउ’ भन्दै उनीहरुले यौन उत्तेजना बढाउने औषधि खुवाएर बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ । बलात्कारको यो घटना पनि हाल प्रहरीमा दर्ता भएको छ ।

घटना ३ : वीरेन्द्रनगरको कालुञ्चोकमा पनि सामुहिक बलात्कारको घटना भयो । उज्जव रावत र लवराज सुवेदीले एक युवतीलाई होटलमा लगेर सामुहिक बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता भएको छ । उजुरीमा पीडितले आफूलाई प्रलोभन देखाएर होटलमा बलात्कार गरेको उल्लेख गरेकी छन् ।

घटना ४ : गत असोजमा आफूमाथि सामुहिक बलात्कार भएको भन्दै ११ वर्षीया बालिकाले प्रहरीमा उजुरी दर्ता गरिन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा आठ जनालाई पक्राउ गरेर मुद्दा चलायो ।सो घटनाका दुई जना आरोपितहरु अहिले पनि फरार छन् । प्रहरीलाई दिएको उजुरीमा पीडित बालिकाले आफूलाई अटोमा लिएर चालकले नै सामुहिक बलात्कार गराएको उल्लेख गरेकी छन् ।

माथि उल्लेखित घटनाहरु जिल्लामा भएका बलात्कारका प्रतिनिधिमुलक घटना हुन् । बढ्दो शहरीकरण र आर्थिक प्रलोभनका कारण बलात्कारका घटना बढ्दै गएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।सामान्य चिनजानबाट विस्तारै नजिकीने र त्यसपछि बलात्कृत हुने घटना भइरहेको प्रहरीको तथ्याङ्कले देखाउँछ । पछिल्लो समय अटोरिक्सा नै किशोरीका लागि असुरक्षित बनेको प्रहरीको भनाइ छ ।

अटोमा चढाउने र एक्लै भएको मौकामा निःशुल्क घुमाइदिने बहानामा चालकले नै जंगल र एकान्तमा लगेर बलात्कार गर्ने घटना बढेको प्रहरीले जनाएको छ । अटोरिक्सामा चढाएर वीरेन्द्रनगर नजिकका जंगलमा पु¥याएर बालिका, किशोरी र महिलामाथि बलात्कार गर्नेक्रम बढेको प्रहरीको भनाइ छ । चिनेजानेका, आफन्त, नक्कली प्रेमी र कतिपय अवस्थामा परिवारका सदस्यबाटै बालिका तथा किशोरीहरु बलात्कृत हुने गरेको अनुसन्धानले देखाउँछ । सामाजिक संजालको दुरुपयोग र विवाह गर्ने बहनामा पनि बालिका र किशोरीमाथि बलात्कार भइरहेको तथ्य प्रहरीसँग छ ।

प्रकाशित मिति: ८ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्