उपकरण अभावकाबीच नाकामा कोरोना भाइरसको परीक्षण सुरु


 



रसुवा, माघ १४
संक्रमण बढेपछि रसुवागढी नाकामा हेल्थ डेक्स स्थापना गरी कोरोनाभाइरसको परीक्षण शुरु गरिएको छ ।

चीनबाट रसुवागढी नाका हुँदै नेपाल प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षण सुरु गरिएको हो । तर स्वास्थ्य परीक्षणमा उपकरणको अभाव छ । स्वास्थ्यकर्मी विजयकुमार घलेले उपकरणको अभाब भएकाले सामान्य परीक्षण गरी पर्यटकहरुलाई परामर्श दिने काम मात्र भएको बताए ।

चीनको केरुङ हुँदै नेपाल प्रवेश गर्ने पर्यटकहरुलाई गोसाईकुण्ड गाँउपालिकाका अहेबबाट स्वास्थ्य परीक्षण र परामर्श दिने काम गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

केरुङ हुदैं रसुवागढी आई पुग्ने पर्यटकको भने चीनका विभिन्न चार ठाउँमा स्वास्थ्य परीक्षण हुने गरेको छ । रसुवागढी नाका हुँदै नेपाल प्रवेश गर्ने पर्यटकको संख्या पनि घटेको छ । यसअघि दैनिक १ सय पचासको संख्यामा भित्रिने चिनियाँ पर्यटकको संख्या अहिले २० भन्दा तल झरेको छ ।

प्रकाशित मिति: १४ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्