वीरेन्द्रनगरको टिपरको दुर्घटनाले लियो नयाँ मोड, युवतीले गरिन् आत्महत्या


 


सुर्खेत , माघ १५
सुर्खेतको वीरेन्द्रनगर –४ मा टिपर दुर्घटनाले नयाँ मोड लिएको छ। टिपरको ठक्करबाट एक युवकको ज्यान गएपछि विक्षिप्त बनेकी एक युवतीले घटनालगत्तै आत्महत्या गरेपछि घटनाले नयाँ मोड लिएको छ।

मंगलबार बिहान वीरेन्द्रनगर–४ मसुरीखेल चोकमा भे १ ख २२४२ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक कालिकोटको महावै गाउँपालिका–३, सिमखेतका २० वर्षीय केशरबहादुर सिंहको घटनास्थलमा नै मृत्यु भएको थियो ।

घटनाको विरोधमा स्थानीयबासीले आन्दोलन गर्दा वीरेन्द्रनगर दिनभर तनावग्रस्त भयो । मृतकको शव उठाउन खोज्दा तीनरचार हजार मानिस जम्मा भएर सुरक्षाकर्मीमाथि नै ढुंगामुढा गरेको प्रहरीले बताएको छ । गाडीको सिसा फुटेर तीन सशस्त्र प्रहरीलाई चोट लागेको छ ।

प्रहरीले पनि २१ राउण्ड अश्रुग्यास हानेको थियो । त्यसक्रममा २३ वर्षका धीरबहादुर बुढाको खुट्टामा चोट लागेको छ । उनको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले साँझ साढे ६ बजेबाट कर्फ्यू आदेश जारी गरेको छ ।

युवतीले गरिन् आत्महत्या

केशरको दुर्घटनामा मृत्यु भएपछि विक्षिप्त भनेकी कालिकोटकी अरुणा शाहीले आत्महत्या गरेकी छन् । उनी सुर्खेतस्थित मामाघरमा झुण्डिएको भेटिएकी हुन् । सिंहको शव देखेलगत्तै फर्किएकी शाहीले विक्षिप्त अवस्थामा आत्महत्या गरेको प्रहरीको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख दिल्लीराज पन्तले शाही मृत भेटिएको पुष्टि गरे पनि युवकसँगको सम्बन्धबारे केही बताउन नसक्ने जनाए ।

‘उनीहरुको व्यक्तिगत सम्बन्धबारे हामीलाई जानकारी हुँदैन’, प्रहरी उपरीक्षक ९एसपी० पन्तले भने, तर केहरको मृत्युलगत्तै शाहीको शव भेटिएको छ, हामी अनुसन्धान गरिरहेका छौं ।

पन्तका अनुसार घटनास्थलमा कुनै सुसाइड नोट भेटिएको छैन ।

प्रकाशित मिति: १५ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्