एमसीसीः अध्ययन गर्न नेकपामा समिति


 


काठमाडौं, माघ १९
अधिकांश केन्द्रीय सदस्यले एमसिसीविरुद्ध आवाज उठाएपछि नेकपा केन्द्रीय बैठकले सुझावका लागि समिति गठन गरेको छ ।
अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसीबारे सुझाव दिन पार्टी वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।
समितिमा पार्टी नेता भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रहनुभएको छ ।
एमसिसीअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडकमा खर्च गर्न रु ५१ अर्ब दिने सम्झौतामा उल्लेख छ । सम्झौतामा एमसिसीलाई सङ्घीय संसद्ले अनुमोदन गर्नुपर्ने जनाइएको छ ।

प्रकाशित मिति: १९ माघ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्