बंगलादेशका सेना प्रमुख अहमद काठमाडौंमा


 



काठमाडौं, माघ २५
बंगलादेशका सेना प्रमुख अजिज अहमद काठमाडौं आएका छन् । उनी पाँचदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका हुन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय सुरक्षा परिषद् सचिवालयका उपरथी निर्मल कुमार थापाले स्वागत गरे। भ्रमणका क्रममा अहमदले शनिबार टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गर्ने कार्यक्रम छ। त्यस्तै जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उनको सम्मान गर्नेछ।

अहमदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापासँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ। उनी वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका साथै पोखरासहित अन्य पर्यटकीय स्थान अवलोकनमा जाने कार्यmक्रम रहेको बताइएको छ।

सैनिक नेतृत्वको भ्रमणले दुई देशका सेनाबीच रहँदै आएको सौहार्दपूर्ण सम्बन्धका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्ध थप सुमधुर हुने विश्वास नेपाली सेनाले लिएको छ।

प्रकाशित मिति: २५ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्