फेरि पश्चिमी वायुको प्रभाव, वर्षा र हिमपातको सम्भावना


 



काठमाडौं, फागुन २७
नेपालमा फेरि पश्चिमी वायुको प्रभाव सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसले बुधबारसम्ममा वर्षा तथा हिमपात गराउने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसमविद् विभूति पोखरेलका अनुुसार पश्चिमी वायुबाट विकसित न्यून चापीय रेखाको प्रभाव मात्र सुरु भएको हो। उनले बुधबारसम्म यो प्रणाली नेपाल प्रवेश गर्ने सम्भावना रहेको बताए।

जसको असरले बुधबार विशेषगरी पश्चिमी क्षेत्रमा वर्षारहिमपात गराउने सम्भावना देखिएको छ।
बुधबार बेलुका काठमाडौं उपत्यकामा पनि हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको उनले बताइन्।

आज मंगलबार भने काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आंशिक बदली मात्र हुने मौसमविद्को अनुमान छ। मार्चयता नेपालमा प्रिमनसुन अवधि सुरु भएको छ।

मे महिनासम्म रहने प्रिमनसुनमा हावाहुरी, चट्याङ तथा असिना-पानीको सम्भावना बढी हुने मौसमविद् बताउँछन्।

प्रकाशित मिति: २७ फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्