कटुवा पेस्तोलसहित एक जना पक्राउ


 



झापा, फागुन २७
झापाको दमकबाट प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले दमक नगरपालिका–३, मावाखोलामा मिक्लाजुङ गाउँपालिका–९, मधुमल्लका ४४ वर्षीय मेघराज गौतमलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, दमकबाट खटिएका प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाका अनुसार उनको साथबाट एउटा कटुवा पेस्तोलसहित एउटा गोली र दुई वटा खोका बरामद भएको छ । गौतममाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्