पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट


 



काठमाडौं, फागुन २८
पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा प्रेसर कुकर बम विस्फोट भएको छ। मध्यपुर ठिमी नगरपालिका–१ मा रहेको बाँस्कोटाको निर्माणधीन घरमा बुधबार बिहान विष्फोट भएको प्रहरीले जनाएको छ। 

विस्फोटबाट बाँस्कोटाको घरको पर्खाल र सिसाहरुमा क्षति पुगेको छ भने त्यहाँ राखिएको एउटा मारुती भ्यानमा समेत क्षति पुगेको छ । विस्फोटबाट छिमेकीहरुको घरमा समेत क्षति पुगेको छ  ।

बम विस्फोट कसले र किन गरायो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । बाँस्कोटाले सेक्युरिटी प्रिन्टर खरिदमा कमिशनकाण्डमा मुछिएपछि सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति: २८ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्