आगो नियन्त्रण गर्दा ग्यास पड्किएर सेनाका मेजर घाइते


 



काठमाडौं, फागुन २९
नागार्जुन नगरपालिका वडा नम्बर ७ रामकोटको सोती गाँउस्थित एक घरमा आगलागी भएको छ ।

बुधबार बेलुका राति करेन्ट सट भएर स्थानीय देवेन्द्र राज गिरीको घरमा आगो भएको हो ।

पुरानो ढुङ्गामाटो र जस्ताको दुई तले घरमा आगो निभाउन खोज्दा ग्यास पड्किएर छिमेकी नेपाली सेनाका मेजर हरिहर गिरी घाइते भएका छन् । उनको नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी लालध्वज सुवेदीले विद्युत सट भएर आगलागी हुँदा घरमा रहेको ग्यास समेत विष्फोट भएको बताए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको युद्ध कवच गण सितापाइलाको टोलीले दमकल र स्थानीयको सहयनेगमा आगो नियन्त्रणमा ल्याइएको छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्