स्वास्थ्य समस्या आए घरमै स्वास्थ्यकर्मी


 


इलाम, चैत १७
देउमाई नगरपालिकाले लकडाउनको समयमा स्वास्थ्य समस्या आएमा घर घरमा पुगी नगरवासीलाई सेवा दिने जनाएको छ ।

कोराना भाइरस कोभिड १९ को जोखिम हुन नदिन लकडाउनमा सम्भावित स्वास्थ्य समस्यालाई सम्बोधन गर्न यस्तो व्यवस्था मिलाएको वडा न ४ का वडाध्यक्ष राजेन्द्र बाँस्तोलाले जानकारी दिनुभयो । उहाँले घरभित्र रही लकडाउनलाई पालना गर्न र भाइरसको जोखिम हुन नदिन आग्रह गर्नुभयो ।
नगरपालिकाको बैठकले सबै वडामा सम्बन्धित वडा अध्यक्षको संयोजकत्वमा पाँच सदस्यीय आपतकालिनन समिति गठन गरेको छ ।ती समितिले भारत लगायत अन्य देशबाट गाउँ आएकाको निगरानी राख्दै घरभित्रै क्वारेन्टाइनमा बस्न आग्रह समेत गरेको छ ।
वडा न ५ का वडाध्यक्ष दिलीपकुमार कार्कीले लकडाउनको समयमा गरिव तथा विपन्नका लागि नुन, तेल र चामल नि ः शुल्क वितरण गरिने जानकारी दिनुभयो । –

प्रकाशित मिति: १७ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्