कोरोना आशंका गरिएकी युवतीको मृत्यु


 


काठमाडौं, चैत १७

वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएकी एक युवतीको मृत्यु भएको छ ।

वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार उनलाई सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो ।

‘उनी भारतबाट यही साता नेपाल आएकी रहिछन् । यहाँ ल्याउँदा ज्वरो पनि थियो, सास फेर्न पनि गाहो भइरहेको थियो’ निर्देशक सेञ्चुरीले भने, ‘ हामीले कोरोनाको शंका गरेर उनको नमुना टेकु ल्याबमा पठाएका छौ‌ं । यहाँ उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो ।’

ती युवती चन्द्रागिरि नगरपालिका १५ की हुन् ।

प्रकाशित मिति: १७ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्