मोरङको वनमा गोली हानाहान


 


विराटनगर , चैत २१

मोरङको सलकपुरस्थित राष्ट्रिय वन परिसरमा शुक्रबार अपरान्ह गोली हानाहान भएको छ । वनको सशस्त्र गस्ती टोली र वन्यजन्तु शिकारी समुहबीच गोली हानाहान भएको हो । तर, घटनामा कोही पनि घाइते भएका छैनन् ।

लोहन्द्रा – केराबारी साझेदारी वन र सलकपुर सामुदायिक वनको सिमा क्षेत्रमा रहेको राष्ट्रिय वन परिसरमा गस्ती टोली र शिकारी समूह बिच जम्काभेट भएको डिभिजन वन अधिकृत नरेन्द्र गुरागाइले जानकारी दिए । ” त्यसक्रममा शिकारी समुहले नौ राउन्ड गोली प्रहार गरेको थियो, वन टोलीले जवाफमा सात राउन्ड गोली चलाएको हो” उनले भने ” हामीले शिकारी समुहका दुई जना र दुई राउन्ड भरुवा बन्दुक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौ ।”
उनका अनुसार लक डाउनको मौकामा वन्यजन्तु शिकारका लागि सो समूह वनमा हतियारसहित प्रवेश गरेको हो । उक्त वन बँदेल, मृगलगायतका वन्यजन्तुको बासस्थान भएको उनले जानकारी दिए ।

प्रकाशित मिति: २१ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्