हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना


 



काठमाडौं, वैशाख १५
हाल देशको केही स्थानहरुमा सामान्य बदली भई हावाहुरी र चट्याङसहित वर्षा भइरहेको छ ।

पश्चिमी वायु र पुर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएकाले मौसममा परिवर्तन आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकाअनुसार आज दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति पनि केही स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १५ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्