आजकाे माैसम: हावाहुरीसहित असिना पानी पर्ने पूर्वानुमान



काठमाडौं, बैशाख १८
देशभरको मौसम आज पनि सुधार नहुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित असिना पानी पर्ने सम्भावना कायमै रहेको छ ।

पश्चिमी, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले आज पनि वर्षा हुने महाशाखाको अनुमान छ ।

महाशाखाका अनुसार अहिले पूर्वी भू-भागमा सामान्य वदली र मध्य पहाडी भू-भागमा आंशिक वदली भइ बाँकी भू-भागमा मौसम सफा छ तर दिउँसोसम्म वर्षा हुने सम्भावना भने कायमै छ।

दिउँसोसम्म देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रिमनसुनसमेत सुरु भएपछि केही दिनयता निरन्तर वर्षा हुँदै आइरहेको छ । यो क्रम आउने शनिबारसम्म कायमै रहने महाशाखाको पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News