कागज चिन्ने, काम नचिन्ने काइदा



sanket-koirala
संकेत कोइराला

दुई पति पत्नीको पारपाचुके सम्बन्धी बहस चलिरहेको थियो । मुद्दाको पैmसलाअघि अभियुक्त पतिसंग न्यायाधीशले सोधे– ‘तिमीलाई सफाईमा केही भन्नु छ ?’
पति– ‘श्रीमान् हजुर आफै भन्नुस् यसलाई मैले कसरी स्वीकार गर्ने जबकी मसंग विहे हुनुअघि नै यसले अर्कैको पेट बोकी सकेकी रहिछ । यसले मलाई धोका दिई । अर्काको सन्तान म कुनै हालतमा सकार्न सक्दिन । त्यसैले पारपाचुके हुनैपर्छ ।’
‘तिमीलाई केही भन्नु छ ?’ महिलातर्पm फर्किएर न्यायाधीशले सोधे । महिलाले आत्मविश्वासको स्वरमा भनिन– ‘मैले पनि न्याय पाउनै पर्छ । महाशय, तपाईं नै भन्नुस् – यदि कसैले अर्कैले बाली लगाएको खेत किन्यो रे, के त्यसले अर्कोले रोपेको खेत भोग गर्दिन भनेर छोडिदिन्छ त ?’ महिलाको कुराले न्यायाधीश मौन भए ।
खरदार हुँदै भन्सारको ठेकेदारसम्म भएका कृष्णप्रसाद कोइरालाका तीन छोरा मातृका, वीपी र गिरिजाप्रसाद संयोगले प्रधानमन्त्री भए । यो देखेर कोइराला परिवारका शुभचिन्तक दाहाल परिवारमा अर्को सपना रोपियो । फलस्वरुप दुइ भाइ विश्वनाथ, केदारनाथ उपाध्याय प्रधानन्याधीश भए । अर्का भाइ बैजनाथ उपाध्याय हाल सर्वोच्चका बहालवाला वरिष्ठ न्यायाधीश छन् । उनको निधारमा प्रधानन्यायाधीश भएर इतिहास निर्माण गर्ने भाग्य जुर्ला नजुर्ला समयकै गर्भमा छ ।
राजा महेन्द्रका अंगरक्षक गोपालबहादुर खत्रीले आफ्ना छोराहरुलाई सेनाको मुखिया बनाउने सपना देखेरै हुनुपर्छ, नामै राखिदिए– रमिन्द्र, राजेन्द्र, रतिन्द्र । जुन नाम राजामहाराजा वीरेन्द्र, ज्ञानेन्द्र र धिरेन्द्रसंग मेल खाने खालको थियो । दरवारिया राजनीति नजिकबाट बुझेका गोपालबहादुर खत्रीले सन्तानको नाम राजाको प्रकृतिकै राख्नु संयोग मात्र थिएन । गोपालबहादुरका पिता बलेन्द्रबहादुर खत्री सेनाकै मेजर थिए ।

थाहा छैन सैनिक पृष्ठभूमिको यो परिवारको सपना पूरा गर्ने पुस्तौनी अभिभारा राजेन्द्रबहादुरले कति पूरा गर्ने हुन ? राजा महेन्द्रले छोरालाई मात्र हैन, छोरीहरुलाई आफ्नै करेसाबारी अघिल्तिर घरबासको व्यवस्था गरिदिएर छोरीलाई अंश दिने चलन विधिवत विजारोपण गरे । राजाका हरेक कर्म लालमोहरसरह हुने गथ्र्यो । बक्सिस र तदर्थवादको माखेसाङ्लोबाट राजनीति, निजामती, सेना, पुलिस र न्यायसेवा मुक्त हुन सकेको छैन ।

एकातिर आगो लागेपछि दमकल किन्ने फाइल उठाउने प्रवृत्ति र अर्कातिर चिनेको अनि किनेको बीच अनौठो रसायन मिलेपछि पेशागत मर्यादा र धर्मका कुरा दन्त्यकथा बन्दै गएका छन् । सन्काहा युवराज राजेन्द्रको कमजोरीमा खेल्न शुरु गरेका जंगबहादुरले महत्वाकांक्षा र अवसरको सिंढी यसरी उपयोग गरे कि आफ्ना छोरी राजामहाराजाको बुहारी बनाए ।

राजाकै सम्धी भएपछि के थियो, नाम अगाडि श्री ३ लेखिदिए । उनको इतिहास यति सकसपूर्ण थियो कि बा¥हमासे जुवाडे जंगबहादुर सुत्केरी पत्नीलाई खानाको बन्दोबस्त मिलाउन नसक्दा उनको प्राणान्त भएको थियो ।

अरु त अरु नेपालको सवैभन्दा पुरानो पार्टी प्रजापरिषद्का नेताहरु राजा त्रिभुवनले पार्टी चलाउन दिएको खर्च घरायसी मामलामा खर्च गरेपछि पार्टीभित्र फाटेको धाँजाका आफ्नै कथाव्यथा छन् । समय फेरिएपनि हाम्रो शासन प्रणालीमा न्यायमूर्तिसंग कुतर्क गर्ने माथिकी महिलाजस्तै कपट खेल खेलेर देशलाई गुठी बनाउनेहरुको संख्या दिनप्रतिदिन बढ्दो छ ।

एउटाको त्यागलाई ब्याजका रुपमा सन्तान दरसन्तानले ग्रहण गरेर समाजमा विशिष्ट मुखिया हुन खोज्ने प्रवृत्ति दक्षिण एशियामै भाइरस बनेर उपस्थित छ । प्रचण्डको छोरा भएको योग्यता प्रकाशका लागि पर्याप्त भयो ।

उनले बिजुली पानी खाएर अन्टसन्ट गरेपनि अरुले गंगाजलले अभिषेक गरेको भनेर ढाकछोप गरिदिनुपर्ने भयो । बीपीका छोराहरु जतिसुकै नालायक भएपनि लायक ठहरिए । बलिउडका असफल नायक सिद्धार्थ यहाँ राजनीतिक नायक हुने प्रतिस्पर्धामा छन् । गिरिजाप्रसादकी छोरी भएकै योग्यतालाई सुजाताले दशकौं देखि भजाउँदै आएकी छन् ।

जबकी शुद्धसंग दुई लाइन नेपाली सम्वाद गर्ने क्षमता उनीसंग छैन् । तर निजामती सेवामा एउटा विडम्वना यो छ कि हाकिमको छोरोले हाकिम बन्ने चाह किमार्थ राख्दैन । आफ्नो बाउको कागजी विकासमा पोख्त हाउभाउबाट उ कायल भएर हाकिम बन्ने सपनाको सानैमा भ्रूण हत्या गरेको हुनुपर्छ ।

गीताले खबरदारी गर्दै भनेको छ– ‘मैले आज यति पाएँ, पछि यति पाउनेछु, अहिले मसंग यति छ पछि अरु थपिन्छ, मैले यो शत्रु मारें, अरु पछि मार्छु भन्ने, मै मालिक हुँ मै भोग गर्ने हुँ, सिद्ध पनि मै हुँ, बलवान पनि मै हुँ, सुखी पनि म नै छु, कुलीन धनवान मै हुँ, मेरो बराबर को छ र ? पुज्छु, दिन्छु, मोज गर्छु भन्ने ठान्ने मूर्खहरु राक्षसी श्रेणीमा जन्मेका नीच हुन ।’

एउटा समय थियो– हरेक मानिसले आफ्नो सुरक्षाको लागि धनुकाँडा बोक्थ्यो । कोही गुलेली बोक्थे । कोही तीर उध्याउँथे । निशस्त्र महिलाहरु केही नहुँदा पनि दुवै औंलामा नङ पाल्थे । खुर्सानीको धुलो बोक्थे ।

समय परिवर्तनसंगै ओहोदा सामथ्र्य हेरेर मानिसहरु भरुवा बन्दुक राख्न थाले । राज्यले आत्मसुरक्षाका यी उपाय आपूmले गर्ने ढाड्स दिँदै हतियार आफ्नो नियन्त्रणमा लियो । जनताको शरीरमा घात हुन नदिने बचन दिएपछि जनता आश्वस्त भए । तर संगठित हुन नसक्ने जनताको प्रकृतिमाथि राज्यको नाममा यस्तो कपटपूर्ण खेल खेलियो कि कानुनमा लेखिएका शब्दबाहेकका खेलबाट जनता आहत हुन थाले । जनताले पाउने सुरक्षा चाकरीको माध्यम बन्यो । दर्ता चलानीको काम समेत शुभलाभविना नहुने दिन आए ।

हुँदाहुँदा नेपाल मात्र त्यस्तो देश हो, जहाँ राजश्व तिर्न पनि विचौलियाको भरथेग चाहिन्छ । राज्यको संयन्त्र कागज चिन्छ, काम चिन्दैन । कर्मचारीहरु सेवाग्राही चिन्दैनन, विचौलिया चिन्छन् । राजा त्रिभुवनलाई त्रास देखाइ दिल्ली भगाएर चारवर्षे बच्चोलाई राजा बनाउने देखि लिएर प्रचण्डलाई तिलस्मी देवदूतका रुपमा अवतरण गराई एक दशक बीचमा नाङ्गेझार बनाउन प्रकारान्तरमा एउटै प्रवृत्तिले भूमिका खेलेको छ ।

केपी ओलीलाई पानीजहाज, ग्यासपाईप, बुलेट रेलका विषयमा मच्चीमच्ची भाषण गराउनेहरुले यसरी जोकर बनाइदिए कि सरकारको कार्यकारी प्रमुखले बोलेको विषय हावामा तरवारको प्रहारजस्तै भयो । एक अक्षर सरकारी कागजपत्रमा लेखिएन ।

राजा ज्ञानेन्द्रलाई देवत्वमा आरुढ गराएर अन्ततः सन्यासी बनाउने लोकमान र गिरिजाप्रसाद कोइरालालाई सन्काएर सम्पूर्ण निजामती प्रशासनमा राजनीतिको विषवृक्ष रोप्ने भोजराज घिमिरे चरित्रले सामाजिक मनोविज्ञान नै आँधीमा परेको डुंगाजस्तो भइरह्यो । त्यसैको परिणाम नेपालको निजामती प्रशासनभित्रका २५ प्रतिशत टे«ेड युनियनका नाममा, २५ प्रतिशत तदर्थवादका नाममा, २५ प्रतिशत अख्तियार, कानुनको त्रास देखाएर हाजिर गरेर जागिर पचाइरहेका छन् ।

बाँकी २५ प्रतिशतले धानेको सरकारी सेवा कस्तो होला, आपैंm अनुमान लगाउन सकिन्छ । समकालिन नेताहरुमा साद्गी जीवन विताउने छाँटकाँट कसैमा देखिदैन । एउटा सामान्य पदासीनहरुलाई पनि गाडीघोडा, पछुवाको भोक छ ।

कानुनले कुनै व्यवस्था नगरेका पूर्वमन्त्रीहरु गार्ड लिएर तेस्रो ग्रहबाट झरेको मानिसका रुपमा समाजमा आपूmलाई परिचित गराउन खोजिरहेका छन् । समयको माग भएर कुर्सीको आवश्यकता बन्नु र कागताली परेर पदमा पुग्नुको अन्तर नै यही हो ।

जो जनताको आवश्यक बन्छ, उसलाई बन्दुकको सुरक्षा रुचिकर हुँदैन । देशभित्र महादेश भन्दा फरक नपर्ने दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल सडकमा हात मिलाउँदै हिँड्दा नेपालमा राजनीति नामको जागिर खाएकाहरुमा पुलिस लिएर हिँड्ने लंगडो सोख बुझिनसक्नु पहेली भएको छ ।

हाम्रो हकमा सुरक्षा त्यस्तो तन्तु भएको छ, जसलाई आवश्यकताभन्दा पनि चाकरीको चरम उत्कर्षको रुपमा उपयोग गर्ने गरिन्छ । राजाको दरबारी नखरा जनताको छोराछोरीले प्रतिनिधित्व गर्ने संस्थामा पनि अक्षरशः अनुवाद गर्ने हो भने भएका राजनीतिक परिवर्तनप्रति जनतामा आस्था र विश्वास कहिल्यै नजाग्ने पक्का छ ।

सुरक्षा थ्रेट त्यसलाई हुन्छ, जो धेरैको भाग खोस्ने थोरै फटाहाहरुको बस्तीमा आगो झोस्न सक्छ । तर यहाँ त घरका एकमुठी जहान मिलाउने लुर नभएकालाई के को थ्रेट ? हातमुख जोर्नेेदेखि रातीको सोमरससम्म पनि अरुकै आतिथ्यमा जीवन अर्पिएकालाई के झार्न थ्रेट दिनु र ? नेताहरुको यही कमजोरीको फाइदा उठाएर स्वार्थीहरुले देशमा फौजी निकायको संख्या लाखौं पु¥याइसके ।

लाख नाघेको निजामती कर्मचारी सत्तरी हजारबाट ओरालो लागिसक्यो । भ्रष्टाचारी ठीक लाउने नाममा अख्तियारका गतिविधि युद्धकालिन माओवादीको एम्बुसभन्दा कम खतरनाक हुन छोड्यो । भ्रष्टाचार, अनाचार, व्यभिचार किन मौलाउँदैछ भनेर त्यसको ओखती खोज्नु साटो सरकारी निकायबीच नै को बढी तोरी लाउरे देखिने भनेर प्रतिस्पर्धा चल्न थालेको छ ।

संसदका समितिहरु हिन्दी सिनेमाका जुँगे तसिल्दारजस्ता भएका छन् । यतिका राजनीति उहापोह हुँदा पनि मोटाउनु र सुन्निनु एउटै होइन भन्ने चेत राजनीतिकर्मीहरुमा आएन । फूलपाती लिएर पूजा गर्न जाने कार्यकर्ताहरुको हात शीर्ष नेताहरुको गालामा पुग्दा पनि उनीहरुको कार्यशैलीमा बीसको उन्नाइस सुधार आएन ।

कथित जनयुद्ध सफल पार्न हजारौंले बलिदान दिएको स्थायी रेकर्ड राखेका माओवादी नेताहरुलाई थाहा छ छैन, ती ठाउँका जिल्ला अदालतले गरेको आधा पैmसला सम्बन्ध विच्छेदका छन् । विकासमा कालिकोटको कुरा गर्दा थानकोट र पेटीको कुरा गर्दा केटी भनेर बुभ्mने देशका सारथीहरुले आपूmलाई परिवर्तनसंग कहिल्यै रुपान्तरण गरेनन् ।

एकदिन एकजना राजनीतिज्ञ मित्रको पक्षमा वक्तव्य दिन मार्क टवेन प्लेटफर्ममा उभिए । विपक्षी दलका विपक्षी दलका विरोधीहरुको हुटिङले उनलाई वक्तव्य दिन मुस्किल परिरहेको थियो । त्यतिमात्र हैन, एकजनाले त बन्दाकोबीले नै झटारो हान्यो । जब बन्दाकोभी ट्वेनको अगाडि खस्यो, उनले त्यसलाई हेर्दै भने– ‘महिला तथा सज्जन वृन्द हाम्रा विपक्षीहरु मध्ये एउटाको काटिएको शिर मेरो खुट्टाको छेउमा लडिरहेको छ । सम्बन्धित पक्षले पोष्टमार्टमका लागि लानुहोला ।’ सत्यको बाटो घुमाउरो हुन्न । यदि सत्यमाथि अत्याचार, व्यभिचार गरियो भने मार्क टवेनको ठट्टामा सत्य घटना बन्न कतिबेर लाग्दैन ।

राम्रा कामका लागि हरेक समय शुभसाइत हो । आपूmले टेकेको जमिनको माटो समाएर कसम खाएर अघि बढ्ने हो भने इतिहासमै कल्पना नगरिएका काम जुनसुकै सरकारले गर्नसक्छ । यदि कमिलालाई असर पर्छ भनेर हात्ती हलचल नगरी बस्ने हो भने त्यही कमिला हात्तीको सुँढमा पसेर के गर्छ कालान्तरमा त्यो त्यही हात्तीलाई थाहा हुन्छ कि कमिलालाई । पञ्चायतमा राजाका आसेपासेले खाई खेलेको देखेपछि बहुदलका समर्थकहरु धारे हात लगाउँथे ।

बहुदल समर्थकहरुले खाएको देखेर भाउन्न भएका माओवादीको क्रान्ति दाँती मिलेका महलमा बस्न र सुविधा सम्पन्न बाहन चढ्न थालेपछि अन्त्य भयो । सरकार मनमौजी गर्ने गुठी नभएर काम र कर्तव्य सम्पादन गर्ने सत्मार्ग भन्ने सत्य आत्मसात् नभएसम्म गल्तीहरु प्रतिस्पर्धाका माध्यम बन्ने छन् । त्यसैले भोलि पाउने मुजूरभन्दा आज पाउने परेवा महत्वपूर्ण हुन्छ भन्ने सत्य सवैले आत्मसात गर्नु बुद्धिमानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News