Deshko News
१६ मंसिर २०८०, शनिबार

काठमाडाैंमा असईद्वारा गोली हानी आत्महत्या


 


काठमाडौं, जेठ ११
काठमाडाैंमा एक प्रहरी सहायक निरीक्षक(असई)ले गोली हानी आत्महत्या गरेकाे हुन्।प्रहरी बिट, स्वयम्भूका प्रहरी सहायक निरीक्षक विष्णु कार्की मृत अवस्थामा फेला परेका छन् ।

आइतबार बिहान सुतेकै ठाउँमा उनी मृत भेटिएका हुन । असई कार्कीको कन्चटमा गोली लागेको छ । उनले आफुले बोकेको पेस्तोलले आफ्नै कन्चटमा गोली हानेर आत्महत्या गरेको अनुसन्धानमा खुलेको छ । यस बारेमा थप अनुसन्धान भइरहेको अपराध महाशाखाका एसपी होमिन्द्र बोगटीले वताए ।

कार्की ढोका लगाएर कन्चटमा गोली लागेर ढलेको अवस्थामा भेटिएका थिए। उनले किन आत्महत्या गरे भन्ने बारेमा प्रहरीले अनुसन्धान भइरहेकाे छ।

प्रकाशित मिति: ११ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्