चार जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा, को कहाँ परे ?


 



काठमाडौं, जेठ १२
गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको सरुवा गरेको छ।

मन्त्रालयले सप्तरी, बाँके, जुम्ला र पर्वतका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको जनाएको छ । सप्तरीमा शंकर आचार्य, जुम्लामा भुपेन्द्र थापा र पर्वतमा शम्भु रेग्मीलाई सरुवा गरिएको छ ।

त्यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्कालाई गृह मन्त्रालयमा तानिएको छ भने
स्याङ्जामा कार्यरत रामबहादुर कुरुङमाङलाई बाँकेको जिम्मेवारी दिइएको छ ।

त्यस्तै सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनील खनाललाई अध्यागमन विभागमा ल्याइएको गृहमन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्