कोरोनाबाट नौ जनाको मृत्यु भएको पुष्टि


 


काठमाडौं, जेठ २१
कोरोना भाइरसको संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको प्रेस ब्रिफिङमा सो जानकारी दिइएको हो ।
मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । नेपालमा हालसम्म २३ सय जनामा संक्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्