मौसममा बदली, देशभर वर्षाको सम्भावना


 



काठमाडौं, जेठ ३२
नेपालमा मनसुन प्रवेशसङ्गै देशका सबै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । आज विहानै सुदूरपश्चिम र कर्णाली प्रदेशमा पानी परिरहेको छ ।

आज बिस्तारै देशका सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रदेश १ र २ का एक–दुई ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। उनले दिउँसोसम्म सबै पदेशमा पानी पर्ने बताए ।

महाशाखाकाअनुसार आज दिउँसो प्रदेश १, २, बागती, गण्डकी र ५ का केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित वर्षा हुने सम्भावना छ।

यस्तै राति प्रदेश २, गण्डकी, ५ नम्बर र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।

मौुसमविद् श्रेष्ठका अनुसार पूर्वी क्षेत्रमा मनसुनी प्रणाली सक्रिय छ भने बागमती प्रदेशदेखि पश्चिम स्थानीय वायु तथा पश्चिम क्षेत्रमा पश्चिमी वायुको प्रभावले मौमस बदली गराएको हो।

प्रकाशित मिति: ३२ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्