कोरोना संक्रमितमाथि प्रहरीद्वारा निर्घात कुटपिट


 


दैलेख, जेठ ३२
दैलेखकाे त्रिभुवन उच्च माविको क्वारेन्टाइनमा बसेका कोरोना संक्रमित र प्रहरीबीच झडप भएको छ । क्वारेन्टाइनमा बसेको एक महिना वितिसक्दा पनि पिसिआर रिपोर्ट नआएपछि संक्रमितहरु जबर्जस्ती घर जान लाग्दा प्रहरीसँग झडप भएको हो ।

शनिबार झडप हुँदा चार जना कोरोना संक्रमित घाइते भएका छन् । घाइतेलाई एम्बुलेन्सद्वारा उपचारका लागि सरस्वती माविको आइसोलेशनमा लगिएको छ ।

कोरोना संक्रमितहरुले आरडीटी पोजेटिभ र नेगेटिभलाई एउटै ठाउँमा राखेपछि संक्रमण फैलिने सक्ने भन्दै छिटो पीसीआर रिपोट आउनुपर्ने माग गरेका थिए । तर, महिना दिन वितिसक्दा पनि पीसीआर रिपोट नआउँदा उनीहरु निराश बनेका हुन । कोरोना संक्रमितहरु घर जान लाग्दा प्रहरीले एक्कासी कुटपिट गरि घाइते बनाएको आरोप लगाएका छन्।

आइसोलेसनमा बसेका संक्रमित घर जान खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको र स्थिति नियन्त्रणमा लिन खोज्दा झडप भएको दैलेख प्रहरी प्रमुख हरिबहादुर वलीले वताए । प्रहरीको कुटाइबाट चार जना घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय लगिएको छ । बढी घाइते भएका नारायण नगरपालिका ६ का युवक हुन् । क्वारेन्टाईनमा कोही पनि जनप्रतिनिधी नआउने गरेको पीडितहरु वताउँछन्।

प्रकाशित मिति: ३२ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्