ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते


 



दाङ, जेठ ३२
दाङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बंगलाचुली गाउँपालिका वडा नम्बर १ बोझपोखरामा शनिबार राति करिब ८ बजेतिर भएको उक्त दुर्घटनामा ट्रयाक्टर चालक बंगलाचुली गाउँपालिका वडा नम्बर ७ हाँसीपुरका २० वर्षीय रामबहादुर बुढाको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका बुढाको उपचारका लागि अस्पताल लैजादै गर्दा आज बिहान पौन ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

दुर्घटनामा परेर दाङबाट विद्युतको पोल लिएर प्यूठान तर्फ जाँदै गरेको रा १ त २७७५ नम्बरको उक्त ट्रयाक्टरका सहचालक प्यूठान, स्वर्गद्वारी नगरपालिका सिमिलेका वर्ष १८ का भेषराज घर्ती मगर र अर्का बंगलाचुली गाउँपालिका वडा नम्बर १ बाह्रबीसेका ३२ वर्षका ईश्वर जिसी घाइते भएका छन् । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: ३२ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्