इनरुवामा भीषण आगलागी



इनरुवा, जेठ ३२

सुनसरी सदरमुकाम इनरुवा बजारमा आगलागी भएको छ ।

इनरुवा–१ स्थित बीचबजारमा रहेको हनुमान वस्त्रालयबाट विद्युत् चुहिएर आज दिउँसो भएको आगलागीमा परेर यशोदा टे«डर्स, हनुमान वस्त्रालय, जय सन्तोषी हाडर्वेयरको रङ पसल, कपिल टेलर्स र सिर्जना फाइनान्सका भवन पूरूपले जलेर नष्ट भएको उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साहले बताउनुभयो ।

आगलागीलाई सुरक्षा निकाय, स्थानीयवासी, इटहरी, धरान, विराटनगर, सुन्दरहरैचा, सप्तरी, बराहक्षेत्र र दुहबीबाट आएको वारुणयन्त्रले नियन्त्रणमा लिएको छ । आगलागीबाट करिब १० करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको स्थानीय व्यापारी गुलाब शर्माले जानकारी दिनुभयो । उहाँले इनरुवा नगरपालिकाको वारुणयन्त्र बिग्रिदा धेरै क्षति भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News