नवलपरासीमा गाडी दुर्घटना हुँदा गाउँपालिका अध्यक्षको मृत्यु



काठमाडौं, जेठ ३२
नवलपरासी पश्चिममा गाडी दुर्घटना हुँदा गाउँपालिका अध्यक्षको मृत्यु मृत्यु भएको छ। प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको गाडी दुर्घटनामा मृत्यु भएको हाे।

पूर्व-पश्चिम राजमार्गको नवलपरासीस्थित शिवकलोनीमा शर्माले चलाएको लु १ झ ३७० नम्बरका गाडी दुर्घटना भएको नवलपरासी पश्चिमका प्रहरी प्रमुख एसपी अजय केसीले बताए। उनीसँगै गाडीमा रहेका हरिला रज्जाक घाइते भएको प्रहरीले जनाएको छ।

घाइते रञ्जाकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको एसपी केसीले बताए।

एसपी केसीले गाडी दुर्घटना हुँदा शर्माको घटनास्थलमै ज्यान गएको जानकारी दिए। उनका अनुसार उनी आफैंले गाडी चलाएर विपद व्यवस्थापनको बैठकमा जाँदै गर्दा गाडी दुर्घटना भएको हो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News