आज वर्षकै लामो दिन


 



काठमाडौं, असार ७
आज २१ जुन अर्थात वर्षकै लामो दिन सामान्यतयाः आज पृथ्वीको दक्षिणी गोलार्द्धमा छोटो दिन र उत्तरी गोलार्द्धमा लामो हुन्छ । नेपाल उत्तरी गोलार्द्धमा पर्छ ।

सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले उत्तरी गोलार्द्धमा २१ जुनमा दिन लामो हुन्छ ।

शास्त्रअनुसार नेपालमा सूर्योदय र सूर्यास्तकोबीचको समयअनुसार आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुनेछ ।

सामान्यतया जुन २१ मै लामो दिन पर्नेभए पनि अन्तराष्ट्रिय समयअनुसार जुन २०, २१ या २२ मध्ये कुनै एक दिन लामो दिन पर्ने सम्भावना रहन्छ ।

प्रकाशित मिति: ७ असार २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्