८ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ


 


काठमाडौं, असार ७
कन्चनपुरमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

बलात्कारको आरोपमा भिमदत्त नगरपालिका १० सुकासाल बस्ने बैतडी मेलौली घर भएका २१ वर्षीय बीरेन्द्र दयाललाई प्रहरीले पक्राउ गरेको हो।

यता सप्तरीमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा हनुमानगर कंकालिनी नगरपालिका ४ बस्ने २३ वर्षीय भुनेश्वनर सरदारलाई प्रहरीले पक्राउ गरेको छ।

त्यसैगरी भक्तपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका ९ बोडे बस्ने बस्ने काभ्रे भुम्लु गाउँपालिका १ का २१ वर्षीय सोमराज परियारलाई प्रहरीले पक्राउ गरेको छ । आरोपितविरुद्द प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति: ७ असार २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्