सुदूरपश्चिममा थप ४३ जनामा कोरोना संक्रमण, कैलालीमा धेरै


 



धनगढी, असार ७
सुदूरपश्चिममा आज थप ४३ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रयोगशालामा गरिएको नमुना परिक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९ सय ९१ पुगेको छ। थपिएका संक्रमितमध्ये सबैभन्दा बढी कैलालीका २९ जनामा संक्रमण देखिएको छ । योसँगै कैलालीमा संक्रमितको संख्या २६५ पुगेको छ।

धनगढी प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा धनगढीका १८ जना, गोदावरीका ८ जना मोहन्यालका दुई र टीकापुरका एक जनामा कोरोना पुष्टि भएको हो । यस्तै डोटीका पाँच जना, कञ्चनपुरका तीन जना बाजुरा, डडेल्धुरा र बैतडीका दुई÷दुई जना रहेका छन्।

प्रकाशित मिति: ७ असार २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्