बन्चरो प्रहार गरि छिमेकीको हत्या




कन्चनपुर, असार २१
कञ्चनपुरको पुनर्वास नगरपलिकामा बन्चरो प्रहार गरेर छिमेकीको हत्या गरेका छन् ।

नगरपालिकाको वडा नम्बर ५ मा स्थानीय गौरव खड्काले बन्चरो प्रहार गरेर छिमेकी ५० वर्षीया गोपाल कुँवरको हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले खड्काले धारिलो हतियार प्रहार गरेर शनिबार राति छिमेकीको हत्या गरेको बताए।

हत्यामा संलग्न खड्का फरार रहेकाले उनको खोजी कार्य भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News