धनगढीका पत्रकारमाथि मन्त्रालय परिसरमै हातपात


 



धनगढी, असार २१
धनगढीबाट प्रसारण हुने दिनेश एफएम तथा दिनेश खबरमा कार्यरत पत्रकार कमल साउँदमाथि हातपात भएको छ ।

समाचार संकलन क्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पुगेका बेला मन्त्रालय परिसरमै उनीमाथि हातपात भएको हो । समाचार लेखेकै कारण आफूमाथि हातपात भएको उनले बताएका छन् ।

उनकाअनुसार पशुपंक्षी विकास महाशाखामा धनगढी उप–महानगरपालिका वडा नम्बर ५ हसनपुरका हर्कबहादुर देउवा र उनका छोरा ठक्कर देउवाले हातपात गरेका हुन् ।

प्रकाशित मिति: २१ असार २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्