कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतककाे संख्या ९५ पुग्याे


 


काठमाडौं, साउन २९
नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९५ पुगकाे छ ।

पछिल्लाे २४ घण्टामा थप चार जनाकाे काेराेना भाइरस संक्रमणबाट मृत्यु भएकाे पुष्टि भएपछि नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेका संख्या ९५ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मृत्यु हुनेमा महोत्तरीका ४५ वर्षीय पुरुष, धनुषाका ८५ वर्षीया महिला, अछामका १८ वर्षीय पुरुष र मोरङका ५७ वर्षीय पुरुष रहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित मिति: २९ श्रावण २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्