नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ९३७ पुग्यो


 


काठमाडौं, कार्तिक १५
नेपालमा एकै दिन थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

गत २४ घण्टामा २ हजार ५ सय ८ भेटिएसँगै संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ५ सय ८४ जना सक्रिय संक्रमित छन्। 

कोरोनाको आशंकामा गत २४ घण्टामा ९ हजार २ सय ७९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै पिसिआर परीक्षण हुनेको संख्या १४ लाख ४३ हजार ३ सय ४३ पुगेको छ। हाल क्वारेन्टाइनमा २ हजार ४ सय १० रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १५ कार्तिक २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्