बैतडी बस दुर्घटना : मृतक सबैको सनाखत


 


बैतडी, कात्तिक २८
बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ खोड्पेमा गएराति दुर्घटनामा परि मृत्यु भएका ९ जनाको सनाखत भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ डाडाकोटका स्थानीय एबं अपि पथप्रर्दशक माबि मार्माका शिक्षक जगन्नाथ ओझा, लेकम गाउँपालिका वडा नम्बर ४ ओडीगाउँका र्तकराज गिरी, बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार ६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी रहेका छन् ।

यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका ८ तिलाचौरका १५ बर्षीया कृतिका कार्की, कञ्चनपुरको भीमदत्त नगरपालिका १० विजना धामी, कैलालीको धनगढी उपमहानगरपालिका ४ का नरेन्द्र चौधरी, धनगढी उपमहानगरपालिका १८ का ऋषिराम चौधरीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।

मृतक मध्ये कृतिका कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्य ८ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा बैतडीका आठ जना, दार्चुलाका ६ जना, कञ्चनपुरका १० जना, कैलालीका ६ जना, काठ्माण्डौका तीन जना र अछामका एक जना गरी ३४ जना घाइते भएका हुन्।

जसमा बैतडीको दोगडाकेदार गाउपालिका वडा नं ७ का २८ वर्षीय बिरेन्द्र कार्की, दोगडाकेदार गाउँपालिकाका २२ वर्षीय नितेस भट्ट, २२ वर्षीय बिमाला बडु जोशी र उनका छोरा सुशांक जोशी, गाउँपालिका ७ का २७ वर्षीय अमृत बिक, डिलाशैनी गाउँपालिका १ का २० वर्षीय जनक धानुक, वडा नम्बर ४ का ३३ वर्षीय लोकेन्द्र बोहरा, पुर्चोडी नगरपालिकाका २५ वर्षीय सुरज लुहार गरी आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यस्तै घाइते हुनेमा दार्चुलाको लेकम गाउँपालिका २ का ५१ वर्षीय बल्देव सिंह कार्की, शैल्यशिखर ८ का २७ वर्षीय रमेश खत्री, धनसिंह खत्री, मार्मा गाउँपालिका २ कि तीन वर्षीया सिम्रन सिंह, २४ वर्षीय जानकी सिहं र नौगाड गाउँपालिका सिप्टीका पुरुन टमटा गरी ६ जना रहेका छन ।

यस्तै कञ्चनपुरकाको भीमदत्त नगरपालिका २ का २५ वर्षीय दशरथ गिरी, वडा मन्बर ६ का दीपा भट्ट, वडा नम्बर १ का ३५ वर्षीय नरेश पन्त, वडा नम्बर ८ का ३० वर्षीया कल्पना कार्की, सोहि ठाँउका ६ वर्षीय कौशल सावद, शुक्लाफाटा नगरपालिका ६ का ६५ वर्षीय नर्मा धामी, ५५ वर्षीय हर्क बहादुर धामी, बेलौरी नगरपालिका ७ का २४ वर्षीया बिमला कुवँर र उनका दुई वर्षीय छोरा नितेस कुँवर, बेल्डाडी ३ का नरेन्द्र सिह साउँद घाइते भएका छन् ।

यसैगरी कैलालीको फुलबारी १८ का ३५ वर्षीय दिनेश चौधरी र सोहि ठाँउका २२ वर्षीय बिशाल घर्तीमगर र गोदावरी नगरपालिका २ का २९ वर्षीय यज्ञराज कठायत, वडा नम्बर ३ का बेद प्रकाश धामी, वडा नम्बर ११ का २५ वर्षीय बिरेन्द्र चौधरी र २३ वर्षीय लोकन्द्र बस्नेत गरी ६ जना घाइते भएका हुन ।

यसैगरी काठ्माण्डौका १९ वर्षीय अजी लामा, काठ्माण्डौ गोकणेश्वर ४ का कर्ण बहादुर बिष्ट र २२ वर्षीय अस्मिता बिष्ट रहेका छन । यसैगरी अछामको चौरपाटी ४ का २१ वर्षीय अमृत कुमाल पनि घाइते भएका छन् ।

गाडी धनी समेत रहेका चालक बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ खोचलेकका विरेन्द्र कार्की समेत घाइते रहेका छन् । क्षमताभन्दा बढी यात्रु बोकेको र बसका चालक निदाएकोले दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भउरहेको छ । दार्चुला र बैतडीको सीमा क्षेत्र गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रकाशित मिति: २८ कार्तिक २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्