नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार २ सय ५९ पुग्याे


 


काठमाडौं, मंसिर ३
पछिल्लो २४ घन्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ४४२ जना कोरोना संक्रमित का छन्। संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ५३८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेकाे संख्या १ लाख ८२ हजार ७८० पुगेको छ।
आज देशभर २८ हजार ८७८ जना सक्रिय संक्रमित छन्।

प्रकाशित मिति: ३ मंसिर २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्