युवतीलाई बलात्कार गर्ने युवक पक्राउ


 



काठमाडौं, मंसिर ३
मोरङमा २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जहदा गाउँपालिका–५ बस्ने २४ वर्षीय बिशाल सोनार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।

गत साउन १ गते साँझ ती युवतीलाई ललाई फकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरी फरार रहेका ठाकुरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरबाट खटिएको प्रहरीले रंगेली नगरपालिका–७ मधुवनीबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति: ३ मंसिर २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्