कैलालीमा लाग्यो ‘राजा आउ, देश बचाउ’को नारा


 



धनगढी, मंसिर ४
राजतन्त्र पुनःबाहली गर्नुपर्ने माग गर्दै राजतन्त्र पक्षधरहरुले कैलालीमा प्रदर्शन गरेका छन् । धनगढीदेखि अत्तरियासम्म विशाल र्याली निकालिएको छ । र्यालीमा हजारौं युवाहरुको सहभागिता रहेको छ ।

स्वतन्त्र देश भक्त नागरिक सुदूरपश्चिमको आयोजनामा गरिएको र्याली अत्तरिया परिक्रमा गरी पुनः धनगढी चौराहामा कोणसभा गर्दै कार्यक्रम गर्दै सम्पन्न गरिने जनाइएको छ ।

¥यालीमा सहभागीहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, लगायतका नारा लगाएका छन् । र्यालीमा चार पाग्रे गाडी र एक हजार भन्दा बढी मोटरसाइकलमा गरेर झण्डै २५ सय भन्दा बढी व्यक्तिहरुले सहभागिता जनाएका छन् ।

प्रकाशित मिति: ४ मंसिर २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्