नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार २ सय ७६ पुग्याे


 


काठमाडौं, मंसिर ४
पछिल्लो २४ घण्टामा नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ। 

४ घण्टामा नेपालमा २ हजार १ सय ३ भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित मिति: ४ मंसिर २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्