टिकटक स्टार निकिशा श्रेष्ठलाई दुर्व्यवहार गर्ने तीन जना पक्राउ


 



काठमाडौं, मंसिर ४
टिकटक स्टार निकिशा श्रेष्ठलाई सार्वजनिक स्थानमा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले १७ वर्षीय विशेष जोशी, १९ वर्षीय सफिल खत्री र अर्का एकजना १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।

जोशीलाई बिहीबार बिहान र अन्य दुई जनालाई दिउँसो पक्राउ गरिएको भक्तपुर प्रहरीका डीएसपी दिपक गिरीले बताए । उनका अनुसार सफिलले मोटरसाइकल चलाएका थिए भने नाम नखुलाइएका पछाडि बसेका किशोरले श्रेष्ठमाथि अपशब्द प्रयोग गरेका थिए ।

प्रहरीले तीनै जनालाई प्रारम्भिक सोधपुछ गर्ने कार्य भइरहेको जनाएको छ । सामाजिक सञ्जालमा मोटरसाइकलमा आएका व्यक्तिले निकिशालाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरी मुख्यालयले छानबिन गर्न साइबर ब्युरोलाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति: ४ मंसिर २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्