धनगढीमा कोरोना अस्पतालमा उपचाररत एक महिलाको मृत्यु


 



धनगढी, मंसिर ५
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कैलालीको गौरीगंगा नगरपालिका ७ की ७२ वर्षीया सङ्क्रमित महिलाको मृत्यु भएको हो ।

कार्तिक २९ गते अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा आज बिहान १०ः२५ मा उनको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: ५ मंसिर २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्