सल्यान सदरमुकाम सील


 



सल्यान, मंसिर ९
१० जनामा कोरोना संक्रमण देखिएपछि सदरमुकाम खलंगा एक साताका लागि सिल गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सल्यानले ९ देखि १५ मंसिरसम्म खलंगा बजार र आसपासको क्षेत्र सिल गरेको हो। जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, खाद्यान्न, डेरी, तरकारी, फलफूल लगायतका व्यवसाय बिहान ८ देखि ९ः३० सम्म खोल्न सकिने जनाएको छ।

अन्य समयमा आवातजावत गरेको पाइए संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ९ मंसिर २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्