कैलालीका डिएसपी चौधरी रातभर हराए, विहान सकुशल


 



धनगढी, मंसिर १०
कैलालीको ईलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर चौधरी मङ्गलबार राति सम्पर्कबिहीन बने । तर बुधबार बिहान सम्पर्कमा आए ।

अघिल्लो दिन राति ९ बजे सम्म सम्पर्कमै रहेका डिएसपी चौधरी सम्पर्क राति सम्पर्कविहीन भएपछि उनको खोजीका लागि प्रहरी रातारात तैनाथ भयो । कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टको नेतृत्वमा खटिएको टोलीले उनलाई रातभरि कतै भेट्न सकेन ।

तर प्रहरी नायव उपरीक्षक चौधरी आज बिहान कैलालीकै बुढीतोलामा सकुसल फेला परे । डीएसपी चौधरीले भने सूचना संकलनका लागि आफू बुढीतोलासम्म पुगेको दाबी गरेका छन् । यद्यपी उनीसङ्ग अन्य प्रहरी अधिकृत भने गएका थिएनन्।

उनलाई त्यहाँ फेला पारेपछि प्रहरीले यसबारेमा अनुसन्धान गर्ने बताएको छ । स्रोतका अनुसार उनी बुढीतोलामा रहेको एक होटलमा भेटिएका हुन्।

प्रकाशित मिति: १० मंसिर २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्