विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो


 



काठमाडौं, मंसिर ११
विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयले आज विहान प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ६ करोड २ लाख  ५८ हजार ८ सय १५ जना संक्रमित भएको तथ्यांक रहेको छ। 

अमेरिकामा संक्रमितको संख्या एक करोड २७ लाख ६५ हजार ३९ पुगेको छ। त्यस्तै भारतमा ९२ लाख २२ हजार २ सय १६, ब्राजिलमा ६१ लाख १८ हजार ७ सय ८ र रुसमा २१ लाख ४४ हजार २ सय २९  जनामा  ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।  

त्यस्तै पछिल्लो तथ्यांक अनुसार १४ लाख १८ हजार ६ सय ४० जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ। 

अमेरिकामा २ लाख ६२ हजार ९०,  ब्राजिलमा १ लाख ७० हजार १ सय १५, मेक्सीकोमा एक लाख १८ हजार ६ सय ४०, बेलायतमा ५६ हजार ६ सय ३०, इटालीमा ५२ हजार २८  जनाको मृत्यु भएको छ । 

विश्वभर तीन करोड ८६ लाख २५ हजार ६ सय ३७ जना संक्रमणमुक्त भएका छन्। बिहीबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५५ लाख ९ हजार ६ सय ४५, अमेरिकामा ४८ लाख ३५ हजार ५ सय ४५ , रुसमा १६ लाख ४६ हजार ७ सय ३७ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा संक्रमितको संख्या ९२ लाख २२ हजार २ सय १६ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख ३४ हजार ६ सय  ९९ पुगेको छ। भारतमा हालसम्म ८६ लाख ४२ हजार ७ सय ७१ जना  संक्रमित संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि  दुई लाख २६ हजार २६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये दुइ लाख ७ हजार ९ सय ९८ जना संक्रमणमुक्त भएका छन् भने एक हजार ३ सय  ८९ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: ११ मंसिर २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्