सुस्त मनस्थितिकी महिलामाथि सामूहिक बलात्कार


 


डडेल्धुरा, मंसिर १२
महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरू भएकै दिनको राति डडेलधुराको नवदुर्गा गाउँपालिका–१ मा सुस्त मनस्थितिकी ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ ।

बुधबार राति ८ बजेतिर मेलाबाट फर्किरहेका सोही ठाउँका ३३ वर्षीय टेकबहादुर दमाईं र नाम नखुलेका अर्का युवकले महिलालाई बलात्कार गरेका हुन् ।

गोठबाट फर्किरहेकी बोल्न नसक्ने महिलालाई तानेर बलात्कार गरेको बुझिएको डडेलधुराका प्रहरी प्रमुख डीएसपी महेन्द्र नेपालले बताएव। उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

बिहीबार पीडित महिलाकी भाउजूले जाहेरी दिएपछि आरोपित दमाईंलाई पक्राउ परेका छन् भने अर्का व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १२ मंसिर २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्