पछिल्लो २४ घण्टामा ११ हजार बढीको मृत्यु


 



काठमाडौं, मंसिर १२
विश्वभर पछिल्लो २४ घण्टामा ११ हजार बढी व्यक्तिको कोरोना संक्रमणबाट ज्यान गुमाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार एकैदिनमा ११ हजार २६३ कोरोना संक्रमितको मृत्यु भएको छ ।  
यससंगै कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १४ लाख १६ हजार २९२ पुगेको छ । 

यसैबीच, पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ७७ हजार १९८ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म कोरोना संक्रमितको संख्या ६ करोड ७४ हजार १७४ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रकाशित मिति: १२ मंसिर २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्